Dec 14, 2011

दासढुंगा – विशेष चलचित्र | Watch Online Nepali Historical Movie "DASDHUNGA-2011"

Newly Released Nepali Historical Movie "DASDHUNGA-2011" | Watch Full Part Of Movie Online FREE



नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी एवं नेता जीवराज आश्रतिको रहस्यमय जिप दुर्घटनामा भएको निधनको घटनामा आधारित चलचित्र ‘दासढुंगा-2011’ लाई नेपाल चलचित्र बिकाश बोर्डले विशेष चलचित्रको रूपमा छनोट गरेको छ ।

अविनाश श्रेष्ठ र राजेश गोंगजु सम्मिलित विशेष चलचित्र छनोट समितिले १२ चलचित्र हेरेर यस चलचित्रलाई उत्कृष्ट चलचित्रको रूपमा घोषणा गरेको हो ।

अपिल बिष्टको निर्माणमा मनोज पण्डितले निर्देशन गरेको यो चलचित्र उत्कृष्ट भएपछी प्रदर्शनको लागी पालो पनि कुर्न नपर्ने भएको छ । बोर्डले चलचित्रको कथाबस्तु, प्रस्तुतिकरण जस्ता बिषयमा आधारित रहेर हरेक बर्ष उत्कृष्ट चलचित्र घोषणा गर्दै आएकोमा यस बर्ष ‘दासढुंगा’ परेको हो ।

मदन भण्डारी र जीवराज आश्रतिको मृत्यु जेष्ट ३ गते भएकोले सोही दिन चलचित्रको प्रदर्शन गर्ने योजना बनाएको भए पनि नेपालको राजनितिक अस्थिरताले गर्दा चलचित्र असारको दोस्रो साता तिर प्रदर्शन गर्ने निर्माता बिष्टले बताए।

चलचित्र ‘दासढुंगा’ दुर्घटनाको स्वरुप, विभिन्न दृष्टिकोण, शंकाका अनेक स्वरुप आदि विभिन्न दृष्टिकोणहरुको खोजमूलक प्रस्तुति हो । चलचित्रमा अनुप बराल, सञ्चिता लुईटेल, सौगात मल्ल, दयाहाङ र्राई, मोहन भण्डारी, रामकृष्ण पौडेल, बीएस राणा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।



Click on "Play" Button To Watch Full Movie



comments
Related Posts with Thumbnails